तराईमा हुस्सु,आज यी ठाउँहरुमा वर्षा हुने  -Sutra News

तराईमा हुस्सु,आज यी ठाउँहरुमा वर्षा हुने  

शुक्रबार, ३० पौस २०७८

शुक्रबार, ३० पौस २०७८

हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ ।  पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।



दिउँसाे प्रदेश १ र २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी  भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट