अमेरिकामा बाइडेन प्रशासनको खोप नीतिविरुद्ध सर्वोच्च अदालतको आदेश-Sutra News

अमेरिकामा बाइडेन प्रशासनको खोप नीतिविरुद्ध सर्वोच्च अदालतको आदेश

शुक्रबार, ३० पौस २०७८

शुक्रबार, ३० पौस २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको छ । ठूला कम्पनीका कर्मचारीले खोप लगाउनुपर्ने र साप्ताहिक रूपमा आफ्नै खर्चमा कोभिड परीक्षण गर्नुपर्ने भन्ने राष्ट्रपति बाइडेनको नीतिलाई सर्वोच्चले रोक लगाएको हो ।



कम्तीमा एक सय कर्मचारी रहेका कार्यलयमा साे नियम लागु गर्न बाइडेन प्रशासनले सम्बन्धित कार्यलयहरुलाई निर्देशन जारी गरेको थियो । सरकारको सो निर्देशनमा करिव आठ करोड ४० लाख कर्मचारी समेटिन्थे ।

सो नीति सरकारको क्षेत्राधिकार बाहिर भएको अदालतले ठहर गरेकाे छ । सर्वोच्चका नौ न्यायाधीशमध्ये ६ जनाले राष्ट्रपतिकाे नीतिविरुद्ध फैसला गरेका थिए ।

पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अदालतको आदेशको स्वागत गर्दै खोप अनिवार्य लगाउनुपर्ने नीतिले अर्थतन्त्रलाई क्षति पु¥याउने बताएका छन् । ‘सर्वोच्चको पछिल्लो फैसलाको हामी सम्मान गर्छौ ।’

सरकारी स्वास्थ्यकर्मीलाई खोप अनिवार्य लगाउने बाइडेन प्रशासनको नीतिलाई भने अदालतले स्वीकृत जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट