क्लास्सिक टेकले ल्यायो उच्च गतिको ‘टाक्एन’ प्याकेज-Sutra News

क्लास्सिक टेकले ल्यायो उच्च गतिको ‘टाक्एन’ प्याकेज

शुक्रबार, ३० पौस २०७८

शुक्रबार, ३० पौस २०७८

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले उच्च गतिको इन्टरनेट ‘टाक्एन’ प्याकेज सार्वजनिनक गरेको छ । नेपालमा सन् २००९ देखी सुभाराम्भ भएको र १२ बर्षमा ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालन गरिरहेको क्लास्सिक टेकले पछिल्लोपटक उच्च गतिको ‘टाक्एन’ प्याकेज सार्वजनिक गरेको हो ।



देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेकले कम मूल्यमा उच्च गतिको इन्टरनेट देशको सबै गाउँ र सहरमा सेवा दिदैं आएको छ । 5Ghz राउटर र मेष वाइफाई ल्याएको क्लास्सिक टेकले इन्टरनेटको आवस्यकता र आफ्ना प्रयोगकर्ता हरुको समस्यालाई बुझेर छिठो छारितो र एकदमै न्युन मुल्यमा नयाँ उच्च गतिको इन्टरनेट टाक्एन प्याकेज ल्याएको उल्लेख गरेको छ । फेसबुक लाइभ मार्फत ब्राण्ड एम्बासेडर बिपिन कार्की द्वारा उक्त प्याकेज सार्वजनिक गरिएको हो । कम्पनीले ‘उच्च गतिको इन्टरनेट सेवा न्यून मूल्यमा सबै शहर तथा गाउँ घरमामा पहुँच’ भन्ने उद्देश्य लिएको छ ।

टाक्एन प्याकेज मा 150mbps,225mbps ,325mbps,625mbps र 1000mbps को बिभिन्न प्याकेज हरु समायोजन गरिएको छ । १५० देखि १०००mbps सम्म को प्याकेज क्लास्सिक को वेवसाइट https://www.classic.com.np/   मार्फत लिन सकिने छ । अहिलेको विद्यमान परिस्थिमा इन्टरनेटको महत्व झन् बढेर गएको र प्रयोगकर्ता हरुले भोग्नु पर्ने सम्भावित समस्या हरुलाई मध्यनजर राखेर टाक्एन प्याकेज ल्याएको कम्पनीले जनाएको छ ।

अहिले क्लास्सिक टेक प्रयोग गरिरहेका प्रयोगकर्ताहरुको प्याकेज ६५० गुणाले निशुल्क अपग्रेड गरिएको जनाउँदै कम्पनीले टाक्एन प्याकेज प्रयोग कर्ताले IPTV सित्तैमा प्रयोग गर्न सक्ने बताएको छ ।

टाइम ब्याक सिस्टम रहेको कारण केहि प्राबिधिक कारणबस सेवा अबरुद्ध हुन पुगेमा कम्पनीले त्यसको क्षतिपूर्ति बापत दिनहरु थप गर्न सक्नेछ ।

यस बारे क्लास्सिक टेक मा फोन ९८०१००४४७७  अथवा फेसबुक मार्फत जानकारी लिन सकिने छ भने  क्लास्सिक टेक को वेब साइट  https://www.classic.com.np/ मा गएर थप जानकारी लिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट