विर अस्पतालका ३० बढी कर्मचारीलाई कोरोना संक्रमण-Sutra News

विर अस्पतालका ३० बढी कर्मचारीलाई कोरोना संक्रमण

शुक्रबार, ३० पौस २०७८

शुक्रबार, ३० पौस २०७८

केही दिनयता कोरोना संक्रमणको दर बढ्दै गएपछि त्यसको असर स्वास्थ्य क्षेत्रमा पनि देखिएको छ । यतिखेर फ्रण्टलाइनमा खटिने स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको जोखिम थपिँदै गएको छ । वितेको दुई दिनयता वीर अस्पतालका ३० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।



वीरको विभिन्न वार्ड तथा आइसियूमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण तीव्र गति फैलिएको कारण जनशक्तिको अभाव हुने अवस्था आएको कोभिड १९ युनिफाइड अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेतले बताए ।

बिहीबार मात्रै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पनि ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको थियो । चिकित्सकहरुका अनुसार अस्पतालमा कोरोना संक्रमितको भर्ना हुने दर पनि उकालो लागेको छ ।

गएराति मात्रै १४ जना संक्रमित अस्पताल भर्ना भएका छन् । ‘अस्पतालमा भर्ना हुने संक्रमितको दर हृवातै बढेको छ,’ डा. बस्नेतले भने, ‘यहि रफतारमा भर्ना संख्या बढ्ने हो भने केही दिनभित्रै अस्पतालका शैया भरिनेछन् ।’

उनका अनुसार अस्पताल भर्ना भएका अधिकांश संक्रमितले दुवै डोज खोप लगाएका पाइएको छ । खोपको एन्टिबडी घट्दै गएको तथा नेपालमा प्रयोग भएको खोपको प्रभावकारीता कम भएकाले पुन संक्रमण देखिएको विज्ञहरुले बताउँदै आएका छन् ।

हाल वीरमा ५३ जना संक्रमितको उपचार भइरहेको छ । अस्पताल प्रशासनका अनुसार ५ सय बेडसम्म सञ्चालन गर्न सकिने छ । तीन सय जनरल, दुई सय एचडीयू, एक सय आईसीयू सञ्चालन गर्न सकिने डा। बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट