google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0 google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0
बलिउडका यी सेलिब्रिटी जसले चढ्छन् बुलेटप्रुफ गाडी-Sutra News

बलिउडका यी सेलिब्रिटी जसले चढ्छन् बुलेटप्रुफ गाडी

शुक्रबार, ३० पौस २०७८

शुक्रबार, ३० पौस २०७८

बलिउडका सेलिब्रेटीहरू आफ्नो व्यावसायिक कामबाहेक बिलासी जीवन बिताउन उतिकै चर्चित छन् । उनीहरू लक्जरी गाडीमा सवार हुन मन पराउँछन् । बलिउडका केही कलाकारसँग त बुलेटप्रुफ गाडी नै छ ।



अभिनेता आमीर खानसँग मर्सिडिज एस ६०० गार्ड नामको बुलेटप्रुफ कार छ । बलिउडकी बोल्ड अभिनेत्रीमध्ये एक कंगना रनावतसँग बीएमडब्ल्यू ७ सिरिज गार्ड कार छ । जुन आफैंमा बुलेटप्रुफ हो ।

ग्लोबल स्टार प्रियंका चोपडासँग रोल्स रोयस फेन्टम छ । जुन बुलेटप्रुफ हो । उनी भारत आएको बखत यही गाडीमा यात्रा गर्छिन् । बलिउडका किंग खान शाहरूख खानसँग कैयौं बिलासी गाडी छन् । तीमध्ये उनीसँग मर्सिडिज–बेञ्ज एस ६०० गार्ड बुलेटप्रुफ कार छ ।

अभिनेता तथा राजनीतिज्ञ सनी देओलसँग ओडी एड र रेञ्ज रोवर अटोबायोग्राफी जस्ता कैयौं बिलासी गाडी छन् । जबकि उनलाई मनपर्ने गाडी ओडी हो, किनकी यो बुलेटप्रुफ छ ।

बलिउडका हेण्डसम हंक ऋतिक रोशन मर्सिडिज बेञ्ज बी क्लास गाडी छ । जुन बुलेटप्रुफ हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट