लागूऔषधसहित महोत्तरीमा एक जना पक्राउ-Sutra News

लागूऔषधसहित महोत्तरीमा एक जना पक्राउ

शुक्रबार, ३० पौस २०७८

शुक्रबार, ३० पौस २०७८

लागूऔषधसहित प्रहरीले महोत्तरीबाट एक जनालाई पक्राउ गरेको छ । सम्सीबाट गौशालातर्फ जाँदै गरेको यात्रुवाहक बसमा चेकजाँच गर्नेक्रममा बर्दिबास-१२ बस्ने राकेश महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।



औरही नगरपालिका कठुधारबाट खटिएको प्रहरीले ग१ख ७४९७ नम्बरको बसमा यात्रारत महतोले सरिरमा लुकाएको लागूऔषध नाइट्रोभेट-१० ३० पिससहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

नियन्त्रणमा लिएका महतोलाई जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थपी इलाका प्रहरी कार्यालय गौशालामा हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट