लिपुलेक प्रकरण- काँग्रेसको विज्ञप्तिपछि सूर्य थापाले सोधे, के रमिता हो ?-Sutra News

लिपुलेक प्रकरण- काँग्रेसको विज्ञप्तिपछि सूर्य थापाले सोधे, के रमिता हो ?

शुक्रबार, ३० पौस २०७८

शुक्रबार, ३० पौस २०७८

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केहिदिन अघि एक कार्यक्रममा व्यक्त गरेको भनाइप्रति नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ ।



‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रूपले आफ्नो धारणा र अडान स्पष्ट रूपमा राख्दै आएको छ,’ कांग्रेस महामन्त्री द्वए विश्वप्रकाश शर्मा र गगन थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यता नेकपा एमालेका नेता सूर्य थापाले काँग्रेसको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले यसलाई विरोधभाषाको अभ्यास भनेका छन् ।

सामाजीक संजालमा लेख्दै उनले यो विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा बेखबर भएको आरोपसमेत लगाएका छन् । उनले लेखेका छन्, देउवा मौन परराष्ट्र मन्त्रालय बेखबर, उहाँहरुको वक्तव्यबाजी, के रमिता हो ? ‘

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट