लकडाउनको समयमा पार्टी गरेपछि प्रधानमन्त्री कार्यालयले बेलायती महारानीसँग माग्यो माफी-Sutra News

लकडाउनको समयमा पार्टी गरेपछि प्रधानमन्त्री कार्यालयले बेलायती महारानीसँग माग्यो माफी

शुक्रबार, ३० पौस २०७८

शुक्रबार, ३० पौस २०७८

बेलायतका प्रधानमन्त्री कार्यालयले बर्किघम प्यालेससँग लकडाउनका बीचमा पार्टी गरेकोमा माफी मागेको छ । प्रधानमन्त्रीको सरकारी आवास ‘१० डाउनिंग स्ट्रीट’ का कर्मचारीमाथि दुई पार्टी आयोजना गरेको आरोपको थियो ।



यस्तो पार्टी ड्यूक अफ एडिनबर्गको अन्तिम संस्कारको पूर्व संध्यामा आयोजना गरिएको थियो । लण्डनबाट प्रकाशन हुने ‘द टेलीग्राफ’ को रिपोर्ट अनुसार यस आयोजनमा करीब ३० जना सहभागी भएका थिए । पार्टीमा बिहानसम्म रक्सी र नाचहरु भएका थिए ।

यो पार्टी यस्तो समयमा भएको थियो जतिबेला विश्वभर कोरोना महामारीको प्रकोप फैलिएको थियो र बेलायतमा कयौं खालका प्रतिबन्धहरु लगाइएको थियो । यी दुबै पार्टीमा बेलायती प्रधानमन्त्री बेरिस जोनसन सहभागी भएका थिएनन् ।

‘१०, डाउनिंग स्ट्रीट’ रक्सी र नाँचसँग जोडिएको आरोपमा पहिला एक कर्मचारीको विदाई भाषण आयोजना भएको बताइएको थियो ।

बेलायती प्रधानमन्त्रीले हाल सालमा आफ्नो सरकारी आवास ‘१०, डाउनिंग स्ट्रीट’ मा भएको रक्सी पार्टीलाई लिएर माफी मागेका थिए । यो पार्टी मे २०२० को महामारीको बीचमा आयोजना भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट