तनहुँ दुर्घटनाका मृतकको सनाखत (नामावली)-Sutra News

तनहुँ दुर्घटनाका मृतकको सनाखत (नामावली)

शनिबार, १ माघ २०७८

शनिबार, १ माघ २०७८

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया दुर्घटनाका मृतकको सनाखत भएको छ ।



जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक युवराज खड्काका अनुसार मृतक चारै जना धरमपानीका रहेका छन् । धरमपानीका ९ महिने बालिका आरुबी थापा, २४ बर्षीय रोशन गुरुङ, ४२ बर्षीया सुशीलादेवी न्यौपाने र ५३ बर्षीय हरिबहादुर न्यौपाने रहेका छन् । चारै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

घुमाउनेबाट धरमपानी आउँदै गरेको ग १ ज ६५५५ नम्बर जिप सडकबाट अन्दाजी एक सय मिटर तल खस्दा दुर्घटना भएको हो । राती साढे ८ बजे दुर्घटना भएको हो । मृतक चारसहित घाइते थप पाँच जनालाई बन्दीपुर अस्पताल ल्याइएको छ ।

अन्य तीन जना घाइतेलाई अस्पताल ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट