आज र भोलि यी ठाउँहरुमा वर्षा र हिमपातको सम्भावना-Sutra News

आज र भोलि यी ठाउँहरुमा वर्षा र हिमपातको सम्भावना

आइतबार, २ माघ २०७८

आइतबार, २ माघ २०७८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम अवस्था सार्वजनिक गरेको छ ।



विभागका अनुसार हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।

हाल देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ ।साथै तराईका केहि स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।

२०७८ माघ ०३ गते (सोमबार)

दिउँसो : सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य वदली तथा लुम्बिनी प्रदेश र गण्डकी  प्रदेशमा आंशिक देखि सामान्य बदली  तथा  बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना छ ।

राती :  देशभर आंशिक बदली रहने छ। ।

२०७८ माघ ०४ गते (मंगलबार)

दिउँसो : पहाडी भू-भागमा आंशिक देखि सामान्य रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका थोरै  स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

राती : पहाडी भू-भागमा आंशिक देखि सामान्य रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट