सुर्खेतमा एकै परिवारका ४ जनाको मृत्यु-Sutra News

सुर्खेतमा एकै परिवारका ४ जनाको मृत्यु

आइतबार, २ माघ २०७८

आइतबार, २ माघ २०७८

काठमाडौँ । कोइला बालेर सुतेका एकै परिवारका चार जनाको मृत्यु भएको छ ।



वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँमा निस्सासिएर एकै परिवारका चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चिरञ्जीवी र  कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राट रहेको बताइएको छ ।

घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट