मर्जर प्रक्रिया भाँडिएपछि इन्भेष्टमेन्ट बैंकको साधारणसभा रद्द-Sutra News

मर्जर प्रक्रिया भाँडिएपछि इन्भेष्टमेन्ट बैंकको साधारणसभा रद्द

आइतबार, २ माघ २०७८

आइतबार, २ माघ २०७८

हिमालयन बैंकसँग मर्जर प्रक्रियामा अघि बढेको नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा रद्द भएको छ । हिमालयन बैंकका सेयरधनीहरूले मर्जरको प्रस्ताव अस्वीकृत गरेसँगै माघ ४ गते बोलाइएको इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा रद्द हुन पुगेको हो ।



गत शुक्रबार बसेको हिमालयन बैंकको विशेष साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर अस्वीकृत गरेको थियो । योसँगै दुई बैंक बीचको एक बराबर एक शेयर आदानप्रदानका आधारमा हुने भनिएको मर्जरको प्रयास अन्तिम घडिमा आएर भाँडिन पुगेको छ ।

अन्तिम समयमा आएर मर्जर प्रक्रिया भाँडेसँगै राष्ट्र बैंकले यी दुबै बैंकलाई कारबाही गर्ने जनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट