इन्जिनियर्स एसोसिएशनको निर्वाचन अनिश्चितकाल स्थगित-Sutra News

इन्जिनियर्स एसोसिएशनको निर्वाचन अनिश्चितकाल स्थगित

आइतबार, २ माघ २०७८

आइतबार, २ माघ २०७८

नेपाल इन्जिनियर्स एसोसिएशनको निर्वाचन स्थगित भएको छ । कोरोना संक्रमण बढेपछि यही माघ ७ गते हुने भनिएको निर्वाचन कार्यक्रम स्थगित भएको हो । एसोसिएशनका निर्वाचन समिति संयोजक घनश्याम भट्टराईले अर्को सूचना नभएसम्मका लागि निर्वानका सबै गतिविधि स्थगित भएको जनाएका छन् ।



एशोसिएशनको ३३ औँ कार्यकारिणी समिति, सातै प्रदेशको दोस्रो कार्यकारिणी समितिका लागि निर्वाचन गर्ने तयारी थियो ।

एशोसिएशनको अध्यक्षका लागि लोकतान्त्रिक समूह र प्रगतिशील समूह प्यानल बनाएका थिए । काँग्रेस निकट लोकतान्त्रिक समूहबाट दुईवटा प्यानल थिए । लोकतान्त्रिक समूहबाट हरिबहादुर दर्लामी र दिलिपकुमार झा अध्यक्षमा दाबेदार थिए ।

प्रगतिशील समूहबाट हरिराम पराजुलीको नेतृत्वमा प्यानल बनाइएको थियो । गत वैशाखमा पनि कोरोनाका कारण एसोसिएशनको निर्वाचन स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट