नेप्से परिसूचक उच्च अंकले बढ्दा शेयर बजारमा उत्साह-Sutra News

नेप्से परिसूचक उच्च अंकले बढ्दा शेयर बजारमा उत्साह

आइतबार, २ माघ २०७८

आइतबार, २ माघ २०७८

साताको पहिलो कारोबार आइतबार शेयर बजारमा उत्साह देखिएको छ । नेप्से परिसूचक उच्च अंकले बढेर २९ सय माथि पुगेको छ भने कारोबार रकममा झनै उत्साह देखिएको छ ।



कुनैबेला एकैदिन २२ अर्ब रुपैयाँसम्मको कारोबार भएको शेयर बजार घट्न थालेपछि दैनिक कारोबार ५ अर्ब पुग्न पनि मुस्किल थियो । गत साता दैनिक ६ देखि ७ अर्बको हाराहारीमा कारोबार भएको थियो ।

आइतबार भने ९ अर्ब ६३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यो पछिल्लो तीन महिनाकै उच्च कारोबार रकम हो । उता शेयर कारोबार मापक नेप्से परिसूचक ठ्याक्कै ६९ अंकले बढेर २ हजार ९ सय २६ दशमलव ७४ अंकमा पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट