खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप पाँच जनालाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । आइतबार ९ जनाको एन्टीजेन परीक्षण गर्दा पाँच जनालाई संक्रमण पुष्टि भएको हो ।
यससँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्र संक्रमितको संख्या ८ पुगेको छ । शुक्रबार १० जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनालाई संक्रमण पुष्टि भएको थियो । संक्रमित होम आइसोलेसनमा बसिरहेको नगरपालिकाले जनाएको छ ।
कोभिड-१९ को संक्रमणबाट जोगिनका लागि नगरपालिकाले भिडभाड नगर्न आव्हान गरेको छ । जिल्लामा पछिल्लो हप्ता दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदैगएको छ ।