यी हुन् मन्त्रिपरिषद्का मुख्य निर्णयहरु-Sutra News

यी हुन् मन्त्रिपरिषद्का मुख्य निर्णयहरु

आइतबार, २ माघ २०७८

आइतबार, २ माघ २०७८

काठमाडौँ । सरकारले चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने, राष्ट्रिय पशु स्वास्थ्य नीति, २०७८ स्वीकृत गर्ने, राष्ट्रिय पशु प्रजनन नीति, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।



त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन (दोस्रो संशोधन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ ।

त्यस्तै मन्त्रिपरिषद बैठकले प्रदेश र स्थानीय तहबीच प्राकृतिक श्रोतको रोयल्टी बाँडफाँड स्वीकृति दिने, मेवा –चाङे र केराबारी–न्यू मर्स्याङ्दी १३२ के.भी प्रशारण लाइन आयोजनाको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८ जारी गर्ने निर्णयसमेत गरेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट