दीर्घकालीन योजना निर्माणमा भेरी नगरपालिका अगाडि-Sutra News

दीर्घकालीन योजना निर्माणमा भेरी नगरपालिका अगाडि

आइतबार, २ माघ २०७८

आइतबार, २ माघ २०७८

भेरी नगरपालिका नीतिगत निर्णयदेखि जनमुखी काममा समेत अगाडि देखिएको छ । युवाले नेतृत्व गरेको पालिका भनेर स्थापित भएको भेरी नगरपालिका शैक्षिक, स्वास्थ्य, सञ्चार र नीतिगत निर्णयमा समेत प्रभावशाली बन्दै गएकाे छ ।



विगतका चुनावी घोषणासमेत पूरा हुँदै गएका छन् । केही दीर्घकालीन र केही अल्पकालीन निर्णय हुनुका साथै भावी पुस्ताका लागि नासोको रूपमा हेरिएका महत्वाकांक्षी योजनाहरूको शुभारम्भसमेत गरिएको छ । जिल्ला सदरमुकाममा सडक, खानेपानी, विद्युत र स्वास्थ्य क्षेत्रमा निकै सुधार भएको देखिन्छ ।

भेरी नगरपालिका र पूर्वमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा काफलचौरमा बहुप्राविधिक शिक्षालय स्थापना गरिएको छ । जिल्लामै कुनै पालिकामा नभएको तर भेरीले मात्र सुरुवात गरेको शवबाहन ( एम्बुलेन्स) सेवा पनि जिल्लाकै नमुनामा पर्दछ ।

एम्बुलेन्समा ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट र सुत्केरी महिलाका लागि नि:शुल्क सेवा दिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए । भेरी नगरभित्र ५० शैय्याको अस्पताल निर्माण कार्य जारी छ ।

कर्णाली प्रदेशकै जडीबुटी प्रशोधन केन्द्रसमेत भेरी नगरपालिकामा बन्दै गरेको छ । मालिकामा भ्युटावर बनाउन थालिएको छ । मध्यपहाडी  लोकमार्ग, लुम्विनी-रारा, छिन्चु-जाजरकोट हुँदै डोल्पा सडकखण्डसमेत निर्माण हुँदैछ । केही दीर्घकालीन विकास र केही तत्काल देखिने खालका काममा रहेको भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट