लता मंगेशकरको स्वास्थ्यमा सुधार आएन, आइसियूमा उपचार जारी-Sutra News

लता मंगेशकरको स्वास्थ्यमा सुधार आएन, आइसियूमा उपचार जारी

आइतबार, २ माघ २०७८

आइतबार, २ माघ २०७८

कोभिड-१९  संक्रमित बलिउडकी दिग्गज गायिका लता मंगेशकरको स्वास्थ्य अवस्थामा अझै सुधार आएको छैन । उनको मुम्बईको ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उनलाई गत जनवरी ९ को राती अस्पताल भर्ना गरिएको थियो । लतालाई कोभिडसँगै निमोनिया पनि भएको छ ।



अस्पतालका अनुसार गायिका लताको स्वास्थ्यमा सुधार हुन सकेको छैन । उनको उपचारमा संलग्न चिकित्सक प्रतीत समतानीले लताको आइसीयूमै उपचार भइरहेको बताए ।

‘उहाँ हाम्रो प्रत्यक्ष निगरानीमा हुनुहुन्छ । उहाँको स्वास्थ्य सुधार अवस्थालाई हेरेरमात्र कति दिन आइसीयुमा राख्नुपर्ने हो टुंगो लाग्नेछ । त्यसकारण हाल उहाँलाई भेट्न बाहिरी मान्छेलाई रोक लगाइएको छ’, उनले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट