५० मेगापिक्सेल सेल्फी क्यामेरा भएको ‘भिभो भी२३ ई’ नेपाली बजारमा-Sutra News

५० मेगापिक्सेल सेल्फी क्यामेरा भएको ‘भिभो भी२३ ई’ नेपाली बजारमा

आइतबार, २ माघ २०७८

आइतबार, २ माघ २०७८

भिभोकाे ‘भी’ सिरिजको पछिल्लो स्मार्टफोन ‘भी२३ ई’ नेपाली बजारमा भित्रिएकाे छ । कम्पनीले आइतबारदेखि यो फोनको प्रि-अर्डर खुला गरेको छ ।



कम्पनीले आधिकारिक रुपमा भने आउँदो मंगलबार यो स्मार्टफोन सार्वजनिक गर्नेछ । यो फोनमा ६० हर्जको रिफ्रेस रेटसहित ६.४४ इन्चको एमोलेड फुलएचडी प्लस डिस्प्ले रहेको छ ।

त्यस्तै मिडियाटेक हेलियो जी९६ फोरजी चिपसेटबाट यो फोन सञ्चालित छ । ८ जीबी र्‍याममा उपलब्ध हुने फोन १२८ जीबी र २५६ जीबी स्टोरेज भेरियन्टमा खरिद गर्न सकिनेछ ।

यो फोनको पछाडि ६४ मेगापिक्सेलको मुख्यसेन्सर सहित ट्रिपल क्यामेरा सेटअप छ । त्यस्तै फोनको अगाडि वाटर ड्रप नचसहित ५० मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

ब्याट्री भने ४०५० एमएएच क्षमताको छ, जसमा ४४ वाटको चार्जिङ सपोर्ट छ । नेपाली बजारमा यसको मूल्य २५६ जीबी स्टोरेजको ४४,९९९ रूपैयाँ र २५६ जीबी स्टोरेजको ४९,९९९ रूपैयाँ रहने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट