नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला-Sutra News

नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला

सोमबार, ३ माघ २०७८

सोमबार, ३ माघ २०७८

विश्व नम्बर एक टेनिस खेलाडी तथा सर्बियाली नागरिक नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला गरिएका छन् । ३४ वर्षीय जोकोभिचको  भिसा रद्द गर्ने सरकारको फैसलालाई संघीय अदालतले सदर गरेपछि उनलाई अस्ट्रेलियाबाट देशनिकाला गरिएको हो ।



सर्बियाली नागरिक जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णयलाई अदालतले कानुनसम्मत भनेको छ । अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज गर्ने  फैसला गरेका हुन् ।

अदालतको फैसलासँगै जोकोभिच अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट