लमजुङमा एकैदिन १६ जना कोरोना संक्रमित थपिए-Sutra News

लमजुङमा एकैदिन १६ जना कोरोना संक्रमित थपिए

सोमबार, ३ माघ २०७८

सोमबार, ३ माघ २०७८

लमजुङमा आइतबार थप १६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल लमजुङमा गरिएको एन्टिजेन परिक्षणका क्रममा जिल्लाका १२ जना पुरुष र ४ महिलामा कोरोना पोजेटिभ देखिएको हो ।



एन्टिजेन परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिनेमा १५ जना बेसीशहर नगरपालिका अन्र्तगतका रहेका छन् भने एक जना पुरुष राइनासका रहेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा हाल ३४ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये दुई जना जिल्ला अस्पतालको आइसोलेशनमा र अन्य संक्रिय संक्रमित होम आइसोलेशनमा रहेको प्रशासनले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट