रियल मड्रिडलाई सुपर कपको उपाधि-Sutra News

रियल मड्रिडलाई सुपर कपको उपाधि

सोमबार, ३ माघ २०७८

सोमबार, ३ माघ २०७८

रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । आइतबार राति साउदी अरवियाको रियादमा भएको फाइनल खेलमा एथ्लेटिको क्लबलाई २–० ले पराजित गर्दै रियलले १२औँ पटक सुपर कपको उपाधि हात पारेको हो ।



१० खेलाडीमा सीमित रियलको जितमा लुका मोड्रिक र करिम बेन्जेमाले १-१ गोल गरे । रोड्रिगोको पास सदुपयोग गर्दै लुका मोड्रिकले खेलको ३८औँ मिनेटमा रियललाई अग्रता दिलाए । ५२औँ मिनेटमा पाएको पेनाल्टी सदूपयोग गर्दै बेन्जेमाले २-० ले टोलीलाई अग्रता बनाए ।

खेलको ८७ मिनेटमा रियल १० खेलाडीमा समेटियो । इडर मिलिटाओले सिधै रातो कार्डको सामना गरे । त्यसको एक मिनेटपछि नै पाएको पेनाल्टी एथ्लेटिकोले सदुपयोग गर्न सकेन । राउल गार्सियाले पाएको पेनाल्टी सदूपयोग गर्न नसक्दा एथ्लेटिको गोलविहीन बन्यो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट