बिहान तराईमा हुस्सु, दिउँसाे सुदूरपश्चिम र कर्णालीमा हिमपातकाे आँकलन-Sutra News

बिहान तराईमा हुस्सु, दिउँसाे सुदूरपश्चिम र कर्णालीमा हिमपातकाे आँकलन

सोमबार, ३ माघ २०७८

सोमबार, ३ माघ २०७८

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान तराईका धेरै स्थानमा हुस्सु-कुहिरो लागेकाे छ ।



दिउँसो  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी  र बागमतीमा आंशिकदेखि सामान्य बदली  रहने आँकलन गरिएकाे छ । त्यस्तै. सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना छ ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मंगलबार कर्णाली र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट