एमाले रौतहट अध्यक्षमा त्रिभुवन साह-Sutra News

एमाले रौतहट अध्यक्षमा त्रिभुवन साह

सोमबार, ३ माघ २०७८

सोमबार, ३ माघ २०७८

नेकपा एमालेको रौतहट जिल्ला कमिटी अध्यक्षमा त्रिभुवन साह निर्वाचित भएका छन् । नवौं अधिवेशनबाट उपाध्यक्षमा दीपक यादव र सचिवमा बालविक्रम कार्की निर्वाचित भएका छन् । साथै उपसचिवमा पलट चौधरी र रूपेश पटेल निर्वाचित भए ।



अधिवेशनबाट १३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा निर्वाचित भएको एमाले नेता प्रभु साहले जनाएका छन् । तर पहिलेका जिल्ला कमिटी अध्यक्ष तुल्सीराज गिरीले भने एकलौटी रूपमा जिल्ला कमिटी घोषणा गरिएको दावी गरे ।

अधिवेशन हलले जिल्ला कमिटीलाई अनुमोदन नगरेको उनको भनाई छ । एमालेले गत मंसिरमा महाधिवेशन गरेको थियो ।

एमालेले केन्द्रीय महाधिवेशनपछि जिल्ला अधिवेशन गरेको हो । एमालेले प्रदेश अधिवेशन गर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट