भारतमा कोरोना संक्रमणको ग्राफ उच्च, २४ घण्टामा साढे २ लाख बढी संक्रमित-Sutra News

भारतमा कोरोना संक्रमणको ग्राफ उच्च, २४ घण्टामा साढे २ लाख बढी संक्रमित

सोमबार, ३ माघ २०७८

सोमबार, ३ माघ २०७८

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै त्यहाँ हालसम्म कोभिड संक्रमितको संख्या कुल तीन करोड ७३ लाख ८० हजार पुगेको छ ।



त्यस्तै, पछिल्लो २४ घण्टामा ३८५ जना संक्रमितको ज्यान गएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो पटक थपिएका मृतकको संख्यासँगै भारतमा हालसम्म कुल ४ लाख ८६ हजार ४५१ जना संक्रमितको ज्यान गएको छ ।

यसबाहेक, कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या एक दिनमा ६।०२ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा ४६६ जना ओमिक्रोन भेरियन्टका संक्रमित थपिएसँगै यो भेरियन्टबाट संक्रमित हुनेको संख्या ८ हजार २०९ पुगेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

भारतमा तेस्रो लहरसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । हाल त्यहाँ सक्रिय संक्रमितको संख्या १६ लाख ५६ हजार ३४१ रहेको छ भने निको हुने दर ९४.२७ छ । साथै, दैनिक संक्रमण दर १९.६५ प्रतिशत रहेको छ ।

भारत सरकारले कोभिड(१९ को खोप लगाउन सुरु गरेको १ वर्ष पुरा भएको छ । त्यस अवधिमा एक अर्ब ५७ करोडभन्दा बढी खोपको डोज लगाइ सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट