सबै शक्ति एक ठाउँमा उभिएर भारतसँग निर्णायक वार्ता गर्नुपर्छः नैनसिंह महर-Sutra News

सबै शक्ति एक ठाउँमा उभिएर भारतसँग निर्णायक वार्ता गर्नुपर्छः नैनसिंह महर

सोमबार, ३ माघ २०७८

सोमबार, ३ माघ २०७८

नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले लिम्पियाधुरा, लिपुलेक लगायत भारत द्वारा मिचिएको भुमी फिर्ता ल्याउन र कोरोनाको बढ्दो संक्रमणका सन्दर्भमा जुध्न सर्वदीय बैठकको आवश्यकता औल्याएका छन् ।



सोमबार विहान ‘परराष्ट्र सम्बन्ध एकेडेमिक फोरमले’ आयोजना गरेको कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य समेत रहेका महरले प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वदलीय बैठक बोलाउन आग्रह गरेका हुन् ।

उनले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति सबै राजनीतिक दलले आपत्ति जनाउनु भएको छ । हिजो सरकारले पनि आफ्नो धारणा राखेको छ । अब प्रधानमन्त्रीज्यूले सर्वदीय बैठक बोलाएर यो आवाजलाई एकीकृत गर्नुपर्छ । मुलुकका सबै शक्ति एक ठाउँमा उभ्याएर भारतसँग निर्णायक वार्ताका लागि सरकारले अग्रसरता लिनुपर्छ ।’

महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको भन्ने तथ्यका साथ भारतसँग अबिलम्ब वार्ता सुरु गर्नुपर्ने महरको भनाइ छ ।

दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धी सम्झौता, तथ्य, नक्सा र प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट वार्ता गर्नुको विकल्प नगरेको उनले बताए । यस्तै उनले कोरोनाको तेस्रो लहर तीव्र रुपमा फैलिएकाले महरले बताए ।

‘पिसिआर टेस्ट गरेका मान्छे मध्ये २५ प्रतिशतमा कोरोना संक्रमण भेटिएको छ । तेस्रो लहरबाट नागरिकलाई जोगाउन सरकार एकलैको प्रयत्नले मात्र सम्भव छैन । सबै राजनीति दललाई साथमा लिएर सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा लाग्नु आजको आवश्यकता हो,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले सर्वदीय बैठक राखेर कोरोना रोकथाम तथा निणन्त्रणका लागि सबै राजनीतिक दलको साथ सहयोग लिनुपर्छ । यति बेला सबैले सरकारलाई पनि सघाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट