समूह चरणको अन्तिम खेलमा प्रदेश १ लाई हराउँदै पुलिस सेमिफाइनलमा-Sutra News

समूह चरणको अन्तिम खेलमा प्रदेश १ लाई हराउँदै पुलिस सेमिफाइनलमा

सोमबार, ३ माघ २०७८

सोमबार, ३ माघ २०७८

नेपाल पुलिस क्लबले प्रदेश १ लाई हराउँदै प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेलमा पुलिसले प्रदेश १ लाई ६ विकेटले हराएको हो ।



योसँगै समूह चरणका चारवटै खेलमा जित निकाल्दै पुलिसले ८ अंक जोडेको छ ।

जितका लागि १०२ रनको लक्ष्य पाएको पुलिसले १३ दशमलव एक ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । पुलिसका लागि सर्वाधिक ४४ रनको योगदान गरेका कुशल भुर्तेलले २८ बल खेल्दै तीन चौका र तीन छक्का प्रहार गरे । अनिल साहले २६ तथा दीपेन्द्रसिंह ऐरीले २० रन बनाए ।

प्रदेश १ का मनोज तामाङ, मुकुन्द यादव, फिर्दोस अन्सारी र दिपेश कँडेलले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । प्रदेश १ का लागि मिनास थापाले सर्वाधिक ५९ रनको योगदान गर्दा श्रवण यादवले १० रन बनाए ।

बलिङतर्फ पुलिसका आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र मञ्जीत श्रेष्ठले दुई–दुई तथा करण केसी र सागर ढकालले एक–एक विकेट लिए ।

समूह ‘ए’ मा रहेको त्रिभुवन आर्मी क्लबले चार खेलबाट ६ अंक जोडेको छ । आर्मी समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट