प्रस्तावको पक्षमा दुई तिहाईभन्दा बढी मत खसेपछि प्रदेश २ को नाम ‘मधेस प्रदेश’-Sutra News

प्रस्तावको पक्षमा दुई तिहाईभन्दा बढी मत खसेपछि प्रदेश २ को नाम ‘मधेस प्रदेश’

सोमबार, ३ माघ २०७८

सोमबार, ३ माघ २०७८

काठमाडौँ । प्रदेश २ को नाम मधेस प्रदेश राखिएको छ ।



आज सोमबार स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै नामसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो ।

प्रदेशको नामकरणका सन्दर्भमा सोमबार प्रदेशसभा बैठकमा ‘मधेस’ नामबारे मतदान हुँदा दुई तिहाईभन्दा बढी मतले प्रदेशको नाम ‘मधेस’ स्वीकृत भएको हो ।

मधेस प्रदेशको पक्षमा मतदान हुँदा ९९ सांसद उपस्थित भएकोमा प्रस्तावको पक्षमा ८० मतमात्र परेको थियो ।

यसअगाडी पनि प्रदेश २ को नाम राख्न पटकपटक प्रयास गरेतापनि अहिलेसम्म राखिएको थिएन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट