सन्धिखर्क नगरपालिका नगर प्रमुखसहित कर्मचारीमा कोरोना संक्रमण-Sutra News

सन्धिखर्क नगरपालिका नगर प्रमुखसहित कर्मचारीमा कोरोना संक्रमण

सोमबार, ३ माघ २०७८

सोमबार, ३ माघ २०७८

नगर प्रमुख कमलप्रसाद भुसालसहित कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण भएपछि सन्धिखर्क नगरपालिकाले सेवा बन्द गरेको छ ।



कोरोनाको संक्रमण थप फैलन नदिनभन्दै नगरपालिकाले यही माघ ४ गतेदेखि ७ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरेको प्रमुख प्रकाशकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।

अर्यालले एक सूचना जारी गर्दै नगरपालिका कार्यालयको आजको बैठकले ७ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।

कार्यालयका ५७ जना कर्मचारीमा गरिएको एन्टिजेन परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख पूर्ण पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार नगरपालिकाको स्वास्थ्य सेवा जारी रहनेछ भने अन्य सेवा ७ गतेसम्म बन्द रहनेछ ।

‘हामीले आज कार्यालयमा गरिएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ,’ पराजुलीले भने, ‘नगर प्रमुखमा पनि संक्रमण भएको भन्ने सुनिएको छ । शायद बाहिर परीक्षण गर्नुभएहोला ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट