लमजुङको बालकल्याण माविमा भूकम्प मापन यन्त्र जडान-Sutra News

लमजुङको बालकल्याण माविमा भूकम्प मापन यन्त्र जडान

सोमबार, ३ माघ २०७८

सोमबार, ३ माघ २०७८

लमजुङको बेसीशहर नगरपालिका-२ भकुण्डेमा रहेको बालकल्याण माविमा भूकम्प मापन यन्त्र (सिस्मोमिटर) जडान गरिएको छ ।



यससँगै बालकल्याण सिस्मोमिटर जडान गर्ने जिल्लाको पहिलो विद्यालय बनेको छ । स्विजरल्याण्डको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका विभिन्न २३ विद्यालयमा यो यन्त्र जडान गर्ने अभियान रहेकोमा उक्त विद्यालय पनि छनोट भएको हो ।

उक्त यन्त्रले एक म्याग्निच्युड भन्दा माथिका सबै भूकम्प मापन गरी त्यसको विवरण सुरक्षित राख्नेछ । स्विजरल्याण्डको लुजान विश्व विद्यालयमा नेपालमा भूकम्पको जोखिम विषयमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक शिव सुवेदीको पहलमा विद्यालयमा सिस्मोमिटर जडान गरिएको विद्यालयका प्रधानाध्यापक तीर्थराज न्यौपानेले बताए । नेपालका २३ विद्यालयमा यस्ता उपकरण जडान गरिने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट