एलआइसी नेपालको बाल समृद्धि बीमा योजना प्रारम्भ, यस्ता छन् विशेषता-Sutra News

एलआइसी नेपालको बाल समृद्धि बीमा योजना प्रारम्भ, यस्ता छन् विशेषता

सोमबार, ३ माघ २०७८

सोमबार, ३ माघ २०७८

एलआइसी नेपालले ‘बाल समृद्धि बीमा योजना’ प्रारम्भ गरेको छ ।



सोमबार काठमाडौँको पुतलीसडकस्थित मुख्य कार्यालयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास, नायव प्रमुख कार्यकारी अधिकृत टी. बर्णवाल, सूचना प्रविधि प्रमुख सञ्जीव अग्रवालले बुधवार संयुक्त रुपमा उक्त बीमा योजना शुभारम्भ गरेका हुन् ।

कस्तो छ व्यवस्था ?

कम्पनीका अनुसार उक्त योजना अन्तर्गत १६ वर्ष उमेर पुरा नहुँदासम्म बुझाएको बीमा शुल्कले २० वर्ष उमेर हुँदासम्म जोखिम वहन हुनेछ । अधिकतम ११ वर्षसम्म उमेर पुगेका बालबालिका यस योजना अन्तर्गत बीमाका लागि योग्य हुने जनाइएको छ ।

त्यस्तै बीमित १६ वर्ष पुगेपछि कुनै शुल्क बुझाउनु पर्ने छैन । बालबालिकाको १६, १७, १८, १९ र २० औं जन्मदिन पछिको बीमा वर्ष दिवसमा बीमाङ्कको २० प्रतिशतको दरले अग्रिम रुपमा र अन्तिम वर्षमा आर्जित बोनससहित भुक्तानी हुने यस योजनाको मुख्य विशेषता हो ।

यदि प्रस्तावकको निधन भएमा प्रत्येक बीमा लेख महिना दिवसमा बीमाङ्कको १ प्रतिशत रकम मासिक आम्दानीको रुपमा भुक्तानी गर्दै बाँकी सम्पूर्ण बीमा शुल्क मिनाहा भई बीमालेख चालू अवस्थामा रहने बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट