छाडा कुकुरको व्यवस्थापन गर्न माग गर्दै सिडिओको ध्यानाकर्षण-Sutra News

छाडा कुकुरको व्यवस्थापन गर्न माग गर्दै सिडिओको ध्यानाकर्षण

सोमबार, ३ माघ २०७८

सोमबार, ३ माघ २०७८

हुम्लाको सदरमुकाम सिमकोटको दुई गााउँबीचको रानी वन क्षेत्रका सडकमा रहेका भुस्या र जथाभाबी छोडिएका कुकुरले स्थानीयलाई टोक्न थालेपछि स्थानीय महिलाहरू जिल्ला प्रशासन कार्यालयमा कुकुर व्यवस्थापनको मागसहित पुगेका छन् ।



सिमकोट माथिल्लो गाउँ र तल्लो गाउँका तीन जना महिना भुस्या कुकुरको व्यवस्थापनको मागसहित जिल्ला प्रशासन कार्यालय पुगेका हुन् । सिमकोटमा छोडेका कुकुरले महिला तथा बालबालिकालाई टोक्न थालेपछि प्रशासन पुगेर सहयोग मागेको सिमकोट गाउँपालिका-६ का स्थानीय राजु रोकायाले बताए ।

शुक्रबार चंखेली गाउँपालिका–६ मेल्छामकी सात वर्षीया बिमारिया ऐडीलाई आमासँगै हिँडिरहेका बेला रानीवन क्षेत्रमा कुकुरले टोकेर घाइते बनाएको थियो । जिल्लामा ती बालिकाको उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ । अहिले उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले स्थानीय महिलासँग कुकुरको उचित व्यवस्थापन गरिने बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट