मंगलबार सार्वजनिक बिदा-Sutra News

मंगलबार सार्वजनिक बिदा

सोमबार, ३ माघ २०७८

सोमबार, ३ माघ २०७८

प्रदेशको नाम र राजधानी पाएसँगै तत्कालीन प्रदेश दुई मा सार्वजनिक बिदा दिइएको छ । सोमबार बसेको प्रदेश सभा बैठकबाट नाम मधेश र स्थायी राजधानी जनकपुरधाम  घोषणा भएसँगै उक्त प्रदेशमा बिदा दिइएको हो ।



प्रदेश सभामा नाम र राजधानीको विषयमा सोमबार भएको निर्वाचनमा दुई तिहाई भन्दा बढी मतले पारित भएको हो ।

प्रदेश सभामा सभामुखसहित १०४ जना सांसद भए पनि मतदान प्रक्रियामा ९९ जना सांसदले मात्रै भाग लिएका थिए । प्रदेशको नामा ‘मधेश’ प्रदेशको विषयमा भएको मतदानमा खसेका ९९ मत मध्ये ८० मत पक्षमा परेको छ । त्यसैगरि, प्रदेशको स्थायी राजधानी जनकपुरधामको विषयमा भएको मतदानमा खसेको ९९ मत मध्ये ७८ मत पक्षमा परेको छ ।

मधेश सरकारले नाम र स्थायी राजधानी पाएको खुसियालीमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । मधेश सरकारका प्रवक्ता तथा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले सामाजिक सञ्जाल फेसबुकमा प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम भएकाले मंगलबार प्रदेशभरी सार्वजनिक बिदा दिइएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट