युएईमा विस्फोट: तीन जनाको मृत्यु-Sutra News

युएईमा विस्फोट: तीन जनाको मृत्यु

सोमबार, ३ माघ २०७८

सोमबार, ३ माघ २०७८

संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा भएको दुई अलग अलग विस्फोटमा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।



यूएईको सरकारी न्युज एजेन्सी डब्ल्यूएएमबाट अबुधाबी प्रहरीले बताया अनुसार ट्यांकरमा भएको विस्फोटमा ६ जना घाइते भएका हुन् । डब्ल्यूएएमले बताए अनुसार मारिनेमा दुई भारतीय र एक पाकिस्तानी छन् ।

सोमबार अबुधानी विमानस्थल नजिक बिस्फोटका दुई घटना भएका थिए जसको जिम्मेवारी यमनको हुती विद्रोहीले लिएका छन् ।

प्रहरीले आक्रमण ड्रोनको माध्यमबाट गरिएको आशंका गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट