अर्घाखाँचीमा थपिए ३८ संक्रमित, सक्रिय संक्रमितको संख्या ६४ पुग्यो-Sutra News

अर्घाखाँचीमा थपिए ३८ संक्रमित, सक्रिय संक्रमितको संख्या ६४ पुग्यो

सोमबार, ३ माघ २०७८

सोमबार, ३ माघ २०७८

अर्घाखाँची जिल्लामा आज एकैदिन ३८ जना कोभिडका नयाँ संक्रमित थपिएका छन् ।



आज ३८ जनामा संक्रमण पुष्टी भएसंगै अर्घाखाँची जिल्लामा सक्रिय संक्रमितको संख्या ६४ पुगेको छ ।

आज सवैभन्दा धेरै सन्धिखर्क नगरपालिकामा संक्रमित थपिएका छन् । सन्धिखर्क नगरपालिकामा २७ जनामा संक्रमण पुष्टी हुँदा शितगंगा नगरपालिकामा ९ जना थपिएका छन् । त्यस्तै मालारानी र पाणिनी गाउँपालिकामा एक एकजना संक्रमित थपिएका छन् ।

यो संगै अर्घाखाँची जिल्लामा हालसम्म कोभिड पुष्टी हुनेको संख्या ४ हजार ५ सय ६९ पुगेको छ भने अर्घाखाँचीमा हालअसम्म कोभिडबाट ९१ जनाको ज्यान गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट