प्रदेश २ को नाम ‘मधेस प्रदेश’ बनाउन १७ सांसदले गरे फ्लोर क्रस-Sutra News

प्रदेश २ को नाम ‘मधेस प्रदेश’ बनाउन १७ सांसदले गरे फ्लोर क्रस

सोमबार, ३ माघ २०७८

सोमबार, ३ माघ २०७८

काठमाडौँ । प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा भएको मतदानमा प्रमुख दलका सांसदहरूले नै फ्लोर क्रस गरेको पाइएको छ ।



प्रदेशको नाम मधेश प्रदेश राख्ने प्रस्ताव पारित हुन आवश्यक दुई तिहाइ संख्या पुग्ने छाँट नभएपनि झन्डै सोही भन्दा बढी मतले राजधानी र प्रदेशको नाम तय भएको छ ।

१ सय ४ सदस्यीय प्रदेशसभामा दुई तिहाइका लागि ७० मत आवश्यक पर्नेमा ‘मधेश’ का पक्षमा रहेका तीन दलसँग ६३ जनामात्रै प्रदेशसभा सदस्य रहेका थिए ।

मधेश प्रदेश बनाउनुपर्छ भन्ने पक्षमा नरहेका १७ जनाले फ्लोर क्रस गरेर झन्डै ९७ मत पुग्यो ।

विशेष संसदीय समितिको नामाकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको छ । प्रदेशसभामा १०३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेशसभा सदस्यमध्ये १९ जनाले विपक्षमा मतदान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट