सत्ता गठबन्धनकाे बैठक बस्दै, यी हुन् एजेण्डा-Sutra News

सत्ता गठबन्धनकाे बैठक बस्दै, यी हुन् एजेण्डा

मंगलबार, ४ माघ २०७८

मंगलबार, ४ माघ २०७८

सत्तारूढ पाँच दलीइ गठबन्धनकाे बैठक आज मंगलबार बस्दैछ ।



स्थानीय तहकाे निर्वाचन मुख्य एजेण्डा रहेकाे बैठक बिहान प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्ने लागेकाे हाे । त्यसबाहेक राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्काे गतिराेध अन्त्यका विषयमा छलफल हुनेछ ।

निर्वाचन आयाेगले स्थानीय तहकाे निर्वाचनकाे मिति घाेषणा सिफारिस गरेपनि सरकारले ढिलाइ गरेपछि शंसय बढेकाे छ । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खाेजिएकाे आराेप लगाएकाे छ ।

साेमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच  छलफल भएकाे थियाे ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले दुई शीर्ष नेताबीच देशको समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट