नक्कली नाेट काराेबारमा संलग्नकाे आशंकामा दुई जना पक्राउ-Sutra News

नक्कली नाेट काराेबारमा संलग्नकाे आशंकामा दुई जना पक्राउ

मंगलबार, ४ माघ २०७८

मंगलबार, ४ माघ २०७८

महाेत्तरीमा स्रोत नखुलेको ३० लाखसहित एक जना पक्राउ परेको १२ घण्टा नबित्दै नक्कली नाेटकै काराेबारमा संलग्नकाे आशंकामा फेरि दुई जना पक्राउ परेका छन् ।



नाेटकाे साइजमा काटिएका कागज र केही रकमसहित लक्ष्मिनियाका असरफ मोहम्मद र जनकपुर उपमहानगरपालिका-६ का मोजहिद रेजा  भिठ्ठामोड-जलेश्वरबाट पक्राउ परेका हुन् ।
भारतबाट नेपाल आउदै गरेको बा २१ च ६७६१ नम्बरको कार जाँच गर्दा उनीहरुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

पक्राउ परेका दुबै जना नक्कली नोट कारोबारमा संलग्न हुनसक्ने आशंका प्रहरीकाे छ । प्रहरीका अनुसार उनीहरुकाे साथबाट अगाडिपछाडि १-१  हजार राखेर र बीचमा खाली पेपर राखेको ५ बण्डल, ५ सयको नोटमा त्यसैगरी राखिएको ४९४ बण्डल जफत गरिएकाे छ । अन्य साइजमा कटिङ्ग गरिएको ठूलो कागज पनि जफत भएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट