शान्ति मिसनमा दक्षिण लेबनानमा खटिएकाे नेपाली सेनाले बनायाे कृषि पाेखरी र उद्यान-Sutra News

शान्ति मिसनमा दक्षिण लेबनानमा खटिएकाे नेपाली सेनाले बनायाे कृषि पाेखरी र उद्यान

मंगलबार, ४ माघ २०७८

मंगलबार, ४ माघ २०७८

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण लेबनानमा खटिएको नेपाली सेनाको बर्दबहादुर गणले कृषि पोखरी र सार्वजनिक उद्यान निर्माण गरेको छ ।



पूर्वी क्षेत्रका कमाण्डर रथी अरमाडा भेजक्वोज, नेपाली सेनाका महासेनानी कमल बानियाँ र ब्लिदाका मेयर हसन हिजाजीले संयुक्त रुपमा परियोजनाको उदघाटन गरे ।

गणले ३१ ह्जार २ सय  अमेरिकी डलर लागतमा बनाएकाे पोखरी र उद्यान हालै मात्र हस्तान्तरण गरिएकाे छ ।

महासेनानी बानियाँले परियोजनाले शान्ति सैनिक र नागरिकबीचको सम्बन्ध थप प्रगाढ बनाएको बताए ।

नेपाली सेनाले सन् १९५८ देखि लेबनानबाट शान्ति स्थापना कार्यमा सहभागिता सुरु गरेको थियो । त्यहाँ कार्यरत बर्दहादुर गणले लेबनानको शान्ति र स्थायित्व कायम गर्न काम गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट