एलआइसीले ल्यायो ‘बाल संमृद्धि बीमा’ योजना-Sutra News

एलआइसीले ल्यायो ‘बाल संमृद्धि बीमा’ योजना

मंगलबार, ४ माघ २०७८

मंगलबार, ४ माघ २०७८

एलआइसी नेपालले बाल समृद्धि बीमा योजना प्रारम्भ गरेको छ । पुतलीसडकस्थित मुख्य कार्यालयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास, नायव प्रमुख कार्यकारी अधिकृत टी.बर्णवाल, सूचना प्रविधि प्रमुख सञ्जीव अग्रवालले गत साता संयुक्त रुपमा उक्त बीमा योजनाको शुभारम्भ गरेका थिए ।



उक्त योजना अन्तर्गत १६ वर्ष उमेर पुरा नहुँदासम्म बुझाएको बीमा शुल्कले २० वर्ष उमेर हुँदासम्म जोखिम वहन हुनेछ । अधिकतम ११ वर्षसम्म उमेर पुगेका बालबालिका यस योजना अन्तर्गत बीमाका लागि योग्य हुनेछ । बीमित १६ वर्ष पुगेपछि कुनै शुल्क बुझाउनु पर्ने छैन ।

बालबालिकाको १६, १७, १८, १९ र २० औं जन्मदिन पछिको बीमा वर्ष दिवसमा बीमाङ्कको २० प्रतिशतको दरले अग्रिम रुपमा र अन्तिम वर्षमा आर्जित बोनससहित भुक्तानी हुने यस योजनाको मुख्य विशेषता हो ।

यदि प्रस्तावकको निधन भएमा प्रत्येक बीमा लेख महिना दिवसमा बीमाङ्कको १ प्रतिशत रकम मासिक आम्दानीको रुपमा भुक्तानी गर्दै बाँकी सम्पूर्ण बीमा शुल्क मिनाहा भई बीमालेख चालु अवस्थामा रहने एलआईसीका कम्पनि सचिव तथा कानून अधिकृत सुदर्शन गिरीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट