बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी-Sutra News

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

मंगलबार, ४ माघ २०७८

मंगलबार, ४ माघ २०७८

सरकार सञ्चालनका लागि सुझाव दिन गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक प्रधानमन्त्री शेर बहादुर देउवा निवास बालुवाटारमा जारी छ ।



बैठक बिहान पौने दश बजेबाट सुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । सत्तारुढ दलका शीर्ष नेताहरू सहभागी बैठकमा स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई सुझाव दिने तयारी छ । साथै कोरोना नियन्त्रणलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भेटवार्तापछि राजनीतिक समन्वय समितिको बैठक बोलाइएको हो ।

सरकार सञ्चालनमा सहयोग गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा कांग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य छन् । साथै राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन् ।

कोरोना संक्रमणका कारण आजको बैठकमा नेकपा एसका अध्यक्ष माधव नेपाल उपस्थित भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट