माघ महिनामा कोरोन संक्रमणको उच्च चाप पर्ने प्रक्षेपण-Sutra News

माघ महिनामा कोरोन संक्रमणको उच्च चाप पर्ने प्रक्षेपण

मंगलबार, ४ माघ २०७८

मंगलबार, ४ माघ २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट अबको एक महिना कठिन अवस्था झेल्नुपर्ने प्रक्षेपण गरेको छ । मन्त्रालयको प्रक्षेपण अनुसार माघ दोस्रो साता दैनिक संक्रमण पुष्टि हुनेको संख्या उच्च हुनेछ । त्यो बेला दैनिक २० हजार हाराहारीमा संक्रमण पुष्टि हुनेसक्छ ।



यो समयमा लक्षण सहितको संक्रमित करिब १० हजार हुनेछन् भने १ हजार बढीलाई अस्पताल भर्ना गर्नुपर्ने हुनसक्छ ।

मन्त्रालयको प्रक्षेपण अनुसार अस्पतालमा सबैभन्दा बढी चाप माघ तेस्रो साता हुनेछ । त्यो बेला अस्पतालमा उपचाररत संक्रमितको संख्या झण्डै १४ हजारसम्म पुग्न सक्ने आकलन गरिएको इपिडिमियोलोजि तथा सरुवा रोग महाशाखाका प्रमुख ड. कृष्ण पौडेलले संसदको शिक्षा तथा स्वास्थ्य समितिलाई जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट