नेकपा एमाले मुगुको अध्यक्षमा जितबहादुर मल्ल सर्वसम्मत चयन-Sutra News

नेकपा एमाले मुगुको अध्यक्षमा जितबहादुर मल्ल सर्वसम्मत चयन

मंगलबार, ४ माघ २०७८

मंगलबार, ४ माघ २०७८

नेकपा एमाले मुगुले सर्वसम्मत नेतृत्व चयन गरेको छ । अधिवेशन सुरु भएको एक सातापछि एमालेको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।



गत २७ पुसदेखि सुरु भएको नेकपा एमाले मुगुको ८औं जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्दै पूर्णता पाएको छ ।

अध्यक्षमा जितबहादुर मल्ल, उपाध्यक्षमा कर्णबहादुर मल्लसहित ९० सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको सचिव डबलबहादुर रोकायाले जानकारी दिए । ‘सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो,’ उनले भने, ‘पार्टीमा आंकाक्षी धेरै रहेको भए पनि जिल्लामा एकरूपतामा जानुपर्छ भनेर सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।’

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट