कतिछन् काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमित ?-Sutra News

कतिछन् काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमित ?

मंगलबार, ४ माघ २०७८

मंगलबार, ४ माघ २०७८

काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बन्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा ५ हजार ५ सय ४९ संक्रमित थपिएका छन् ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा चार हजार चार, ललितपुरमा ९ सय ७५ र भक्तपुरमा ५ सय ७० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर कूल परीक्षणको ४४.९ प्रतिशत संक्रमण पुष्टि भएकामा उपत्यकामा मात्रै २४.३ प्रतिशतमा कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

हाल काठमाडौंमा १७ हजार ७०९ जना कोरोनाका सक्रिय संक्रमित छन् भने ललितपुरमा ४ हजार ४७१ र भक्तपुरमा २ हजार २९६ गरी कूल  २४ हजार ४७६ जना सक्रिय संक्रमित छन् ।

यस्तै आज देशभर १० हजार २५८ जनामा कोरोना संक्रमण भएको छ । कोरोना महामारी सुरु भएयता एक दिनमै संक्रमण भएको यो संख्या सबैभन्दा धेरै हो । आज २२ हजार ८२८ को नमुना परीक्षण गर्दा १० हजार २५८ मा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट