प्रशासनको निर्देशन नमान्दा महोत्सवमै तोडफोड, प्रहरीको गाडी पनि जल्यो-Sutra News

प्रशासनको निर्देशन नमान्दा महोत्सवमै तोडफोड, प्रहरीको गाडी पनि जल्यो

मंगलबार, ४ माघ २०७८

मंगलबार, ४ माघ २०७८

काठमाडौँ । सुनसरीको बर्जु महोत्सवमा तोडफोड भएको छ।



स्थानीय प्रशासनको अवज्ञालाई पालना नगर्दा उक्त महोत्सवमा तोडफोड भएको हो ।

महोत्सवमा आयोजकले भारतीय कलाकार खेसरीलाल यादवलाई बोलाएकोमा कारणबस उनी उपस्थित हुन नसकेपछि आक्रोशित भिडले तोडफोड र आगजनी गरेको थियो ।

४ वटा स्कार्पियो, १ सिटिसफारी, १ मोटरसाइ’कल र १ साइकलक आगजनीमा परेका छन् ।

प्रहरीले कलाकार यादवलाई कार्यक्रममा जान नदिएपछि आक्रोशित स्थानीयले स्टेज तोडफोड र गाडीहरुमा आगजनी गरेका थिए ।

आयोजकले कलाकार यादवको नाममा टिकट अग्रिम बुक गरेको थियाे । यादव कार्यक्रममा नपुगेपछि टिकट किनेकाहरुले तोडफोड र आगजनी गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट