प्रहरीको गस्ती टोलीमाथि लुटेरा समुहको आक्रमण-Sutra News

प्रहरीको गस्ती टोलीमाथि लुटेरा समुहको आक्रमण

बुधबार, ५ माघ २०७८

बुधबार, ५ माघ २०७८

प्रहरीको गस्ती टोलीमाथि लुटेरा समुहले आक्रमण गरेको छ । धनुषामा गस्तीमा खटिएको प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गरेको हो ।



लुटेरा समूहको आक्रमणबाट एकजना प्रहरी सहायक निरीक्षक (असई) घाइते भएका छन् । घाइते हुनेमा बटेश्वरी प्रहरी चौकीमा कार्यरत असई मनोज पोखरेल रहेको धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेले बताए । उनको टाउकोमा चोट लागेको र उपचार भइरहेको बताइएको छ ।

गएराति महोत्तरीको भंगहा नगरपालिका ७ बस्ने अमित पासवानको घरमा लुटपाट भइरहेको सूचना पाएपछि खटिएको गस्ती टोलीमाथि लुटेराहरुले आक्रमण गरेका थिए ।

प्रहरीमाथि आक्रमण गर्ने ५ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको प्रहरी प्रमुख रजौरेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट