कर्मचारीमा कोरोना देखिएपछि मालपोत कार्यालय विराटनगरको सबै सेवा बन्द-Sutra News

कर्मचारीमा कोरोना देखिएपछि मालपोत कार्यालय विराटनगरको सबै सेवा बन्द

बुधबार, ५ माघ २०७८

बुधबार, ५ माघ २०७८

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मालपोत कार्यालय विराटनगरको सम्पूर्ण सेवा बन्द गरिएको छ । मालपोतको विभिन्न फाँटमा कार्यरत ८ जना कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि सम्पूर्ण सेवा बन्द गरिएको हो ।



सोमबार ६ जना कर्मचारी र मंगलबार थप दुई जना कर्मचारीमा सङ्क्रमण देखिएपछि कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवा हाललाई बन्द गरिएको कार्यालय प्रमुख लोकबहादुर भण्डारीले बताए । उनले अर्को सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह बन्द गरिए पनि कार्यालयको आन्तरिक काम भने सञ्चालन गर्ने निर्णय भएको बताए ।

भण्डारीका अनुसार कार्यालयमा कार्यरत कुल ६ जना कम्प्युटर शाखामा कार्यरत कर्मचारी मध्ये चार जनामा सङ्क्रमण देखिएको र अन्य विभिन्न फाँटमा कार्यरत कर्मचारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट