सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा-Sutra News

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा

बुधबार, ५ माघ २०७८

बुधबार, ५ माघ २०७८

सिद्धार्थ बैंकको केही संस्थापक सेयर बिक्री हुने भएको छ । बैंकका दुई जना स्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा भएको सेयर बिक्री गर्न चाहेपछि बैंकले सो सेयर पुनः बिक्री गर्न लागेको हो । बैंकले दिएको जानकारी अनुसार संस्थापक पवन कुमार सरार्फ र रस्मी जैनले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न लागेका हुन् ।



यद्यपि, यी दुई संस्थापकले के कति सेयर बेच्न लागेका हुन् सो भने बैंकले खुलाएको छैन । विक्री हुन लागेको सेयर संस्थापक भएकाले बैंकले प्राथमिकताका आधारमा पहिला संस्थापकहरूमा नै विक्री गर्न लागेको छ । यसमा सर्वसाधारणले आवेदन दिन पाउने छैनन् ।

इच्छुक संस्थापकले बुधबार अर्थात् आज माघ ५ गतेदेखि ३५ दिन भित्र सेयर खरिदका लागि आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ । आवेदन भने सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तीसार काठमाडौंमा दिनुपर्नेछ । बैंकले दिएको अन्तिम समयसम्म कुनै पनि संस्थापकहरुबाट आवेदन नपरेमा भने उक्त सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट