अधिवेशनपछि इक्यान ललितपुरको पहिलो बैठक सम्पन्न, नयाँ कार्यसमितिलाई सम्मान-Sutra News

अधिवेशनपछि इक्यान ललितपुरको पहिलो बैठक सम्पन्न, नयाँ कार्यसमितिलाई सम्मान

बुधबार, ५ माघ २०७८

बुधबार, ५ माघ २०७८

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ललितपुर शाखाको नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित बेइजिङ डग रेष्टुरेन्टमा बसेको बैठकले संस्था र व्यवसायीहरुका लागि हित हुने विभिन्न योजना अघि बढाउने एजेण्डासमेत पारीत गरेको छ ।



नव निर्वाचित अध्यक्ष उपेन्द्रदेब ढकालको अध्यक्षतामा सम्पन्न बैठकमा नयाँ कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरु, पूर्व अध्यक्ष प्रकाश महत, निवर्तमान अध्यक्ष सुरेन्द्र पोखरेल र इक्यान केन्द्रको तर्फबाट महासचिव दिपकराज भुषाल र प्रथम सचिव बासुदेव दाहालको उपस्थिति रहेको थियो ।

सो अबसरमा अध्यक्ष ढकालले कोभिडबाट आक्रान्त सदस्यहरुका लागि नितिगत रुपमै सहुलियतका लगि पहल गर्ने बताए । उनले ललितपुरमा ईक्यान सद्स्यहरुको संख्यामा उलेख्य बृद्दि गर्ने रणनिति समेत एजेन्डामा राखेको जानकारी दिए । ढकालले सामाजिक र भौतिक दुरि कायम राख्दै स्वास्थ्यका सबै मापदण्ड पुर्याइ आफ्नो ब्यबासय सुचारु राख्न समेत ब्यसायिलाइ आह्वान गरे ।

त्यस्तै नव निर्वाचित कार्यसमितिलाई पहिलो बैठककै अवसर पारेर आरती मिडियाले सम्मानसमेत गरेको थियो । मिडियाका अध्यक्ष मिन अधिकारीले कार्यसमितिलाई सम्मान गर्दै बधाई तथा शुभकामना दिएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट