अमेरिकामा ओमिक्रोनले दुई महिनाभित्र ३ लाखको ज्यान लिने प्रक्षेपण-Sutra News

अमेरिकामा ओमिक्रोनले दुई महिनाभित्र ३ लाखको ज्यान लिने प्रक्षेपण

बुधबार, ५ माघ २०७८

बुधबार, ५ माघ २०७८

अमेरिकामा कोभिडका कारण मार्चको अन्त्यसम्ममा कम्तिमा ५० हजारदेखि बढीमा तीन लाख जनासम्मको मृत्यु हुन सक्ने प्रक्षेपण गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबिरुद्ध जुधिरहेका बेला आगामी दुई महिनाभित्र सो संख्यामा अमेरिकीको मृत्यु हुने प्रक्षेपण भएको हो ।



कोभिडबाट अमेरिकामा अहिलेसम्म साढे आठ लाखको मृत्यु भइसकेको छ ।

ओमिक्रोन भेरियन्टका कारण गत वर्षको तुलनामा अमेरिका यो वर्ष कोभिडबाट अझै प्रभावित छ । अमेरिकाका अधिकांश कोभिड अस्पताल बिरामीले भरिएका छन् ।

प्रभावित राज्यमा सेनाको स्वास्थ्य कार्यकर्ता परिचालन गर्ने बाइडेन प्रशासनले बताउँदै आएको छ । अमेरिकामा औषतमा दैनिक संक्रमितको संख्या साढे सात लाख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट